कांग्रेस एकढिक्का भएको दिन कम्युनिस्ट समाप्त हुन्छः महामन्त्री कोइराला

बुटवल,२७ बैशाख । नेपाली कांगेसका महामन्त्री डा.शंशाक कोइरालाले नेपाली कांग्रेस एकढिक्का भएको दिन कम्युनिस्ट समाप्त हुने दावी गर्नुभएको छ । नेपाली कांग्रेस बुटवल उपमहानगरको सम्मेलनलाई बुटवलमा सम्बोधन गर्दै कांग्रेसबाटै कांग्रेस हारेको टिप्पणी गर्नुभयो । उहाँले देशको अवस्था निकै असहज भएको भन्दै कांग्रेस एक भएर देशको समस्या समाधानमा लाग्ने  बताउनुभयो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री र मन्त्रीहरुलाई सम्हालिएर बोल्न आग्रह गर्नुभयो ।
कांग्रेसले राणा, पञ्चायत,राजा समाप्त पारेको इतिहास रहेको भन्दै अब नेपालका कम्युनिष्ट समाप्त पार्ने चेतावनी दिनुभयो ।

अर्का केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले सरकारले १ बर्षसम्म केही राम्रा काम गर्न नसकेको भन्दै अब यसबाट कुनै समृद्धिको सपना पूरा नहुने दाबी गर्नुभयो । केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री निरंकुश बनेको आरोप  लगाउनुभयो । देशमा चनाचट्पटे बेचेझैं नागरिकता बेचेर समृद्धि हुन नसक्ने भन्दै उहाँले सरकारको कडा आलोचना गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here