कांग्रेसले आगामी प्रतिनिधि र प्रदेशसभा चुनावमा हार स्वीकार गरिसक्योः एमाले नेता नेपाल

काठमाडौं,१७ मंसिर– एमाले नेता माधवकुमार नेपालले कांग्रेसले आगामी प्रतिनिधिरप्रदेशसभा चुनावमा हार स्वीकार गरिसकेको दाबी गरेका गर्नुभएको छ ।

काठमाडौं प्रेस चौतारी र प्रेस सेन्टरको मिडिया सेन्टरमा आज भएको अन्तर्क्रियामा नेता नेपालले कांग्रेसका नेताहरुले
अभिव्यक्तिमार्फत हार स्वीकार गरेको उल्लेख गर्नुभयो ।

‘कम्युनिष्ट शासन आए रुन पनि पाइन्न भन्नु, कम्युनिष्ट अधिनायकवादी शासन आउँछु भन्ने हार स्वीकार गर्नु हो,’ नेता नेपालले भने, ‘वाम तालमेलले कांग्रेसमा भूइँचालो गएको छ ।’

पछिल्ला निर्वाचनका आधारमा वामपन्थी मत ६५ प्रतिशतभन्दा बढी रहेको उल्लेख गर्दै नेता नेपालले ती मतहरु प्हिलोपटक एकीकृत भएकाले आगामी निर्वाचनमा सहजै बहुमत आउने दाबी गर्नुभयो ।

‘पहिलोपटक हामी वाम दलको बहुमत बनाउने अवसर नजिक पुगेका छौं,’ उनको भनाइ थियो, ‘५ वर्ष स्थिर सरकार बनाएर जनतालाई विकास र समृद्धि प्रत्याभूति गरेर छाड्छौं ।

’ तीनपटक पाएको बहुमत कांग्रेसले जोगाउन नसकेको उल्लेख गर्दै नेपालले कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here