काँग्रेस सभापति देउवा झापा जादै

काठमाडौं,९ बैशाख ।  नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा आज झापा जादै हुनुहुन्छ । काँग्रेस झापा क्षेत्र नम्बर–५ को पार्टी कार्यालय उद्घाटनको अबसरमा काँग्रेसले आयोजना गरेको र्यालि तथा शक्ति प्रर्दशनमा सहभागि हुन सभापति देउवा सहित शीर्ष नेता झापा पुग्ने काँग्रेसले जनाएको छ ।
झापा काँग्रेसले वर्तमान सरकारको कार्यशैली प्रति विरोध जनाउन शक्ति प्रर्दशन गर्ने तयारी गरेको छ । सभालाई सभापति शेरबहादुर देउवा, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेस झापा क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here