काठमाडौं,११ कार्तिक– प्रदेश र प्रतिनीधिसभाको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार चयन गर्न कांग्रेस संसदीय समितिको बैठक आज पनि बस्दैछ ।
गठवन्धनवीच सिटसंख्या बाँडफाँड र पार्टी्भित्रै आन्तरिक भागवण्डा मिलाउन पर्ने भएकाले संसदीय समिति बैठक लम्विदै गएको छ ।
राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपरान्ह २ वजेपछि वस्नेछ । गठवन्धनभित्र रहेका शीर्ष नेताको उम्मेदवारी पहिले टुङग्याउने सहमति भएसंगै काँग्रेस आन्तरिक छलफलमा छ ।
गठवन्धन आवद्ध संघीय समाजवादी फोरम र राजपाले भने २ नम्वर प्रदेशमा सहमति हुने सम्भावना कम रहेको बताएका छन् ।
२८ निर्वाचन क्षेत्र रहेको २ नम्वर प्रदेशमा फोरम र राजपाले २० सिट दावी गरेपछि सहमतिको सम्भावना टरेको छ । आजको बैठकमा यस विषयमा पनि छलफल गर्ने छ ।

