काँग्रेस संसदीय दलको निर्वाचन कार्यदल छलफलमा

काठमाडौं,१४ फागुनःपार्टी संसदीय दलको नेता छान्ने प्रक्रियालाई अघि बढाउन काँग्रेसले गठन गरेको ३ सदस्यीय कार्यदलले आजदेखि आफ्ना काम थाल्ने भएको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले चीनकाजी श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो ।
समितिका संयोजक श्रेष्ठले निर्वाचन प्रक्रियाका बारेमा आज बिहानैदेखि विभिन्न छलफल हुने बताउनुभयो ।

आज र भोली नेताहरुबीच छलफल गरेर निर्वाचन तालिका लगायतका विषयलाई पुर्णता दिने बताउनुभयो । उहाँले दुईदिन छलफल गरेर तेस्रो दिनमा बैठक बोलाउने बताउनुभयो ।
समितिमा नविन्द्रराज जोशी र भिष्मराज आङदेम्बे पनि रहनुभएको छ । काँग्रेस संसदीय दलको नेता चयनका लागि यही फागुन २१ गते निर्वाचन मिति तोकिएको छ ।
काँग्रेस संसदिय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा स्वभाविक उम्मेदवार रहनु भएको छ,भने पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि उम्मेदारी दिने घोषणा गर्नु भएको छ । पार्टी भित्र महामन्त्री डा. शशांक कोइरालालाई सर्वसम्मत दलका नेता बनाउनुपर्ने प्रस्ताव पनि अघि सारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here