काँग्रेस संसदीयदलको नेता चयन गर्न मतदान हुदै, देउवा र सिंहबीच प्रतिस्पर्दा

काठमाडौं,२१ फागुन– नेपाली काँग्रेस संसदीय दलको नेताका आज मतदान हुदै छ । सहमतिमा नेता चयन गर्ने बिषयमा कुरा नमिलेपछि काँग्रेसले निर्वाचनबाट नेता चयन गर्न लागेको हो । पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच मुख्य प्रतिस्पर्दा हुने भएको छ ।

संसदीय दलको नेताको उम्मेदवारको अन्तिम नामावली बिहान ८ः३० बजे प्रकाशन गरेको संसदीय निर्वाचन समितिका संयोजक चिन काजी श्रेष्ठले जानकारी दिनुभयो । अन्तिम नामावली प्रकाशन भएसंगै निर्वाचन प्रक्रिया सुरु हुने छ । नेता चयनका लागि बिहान १० देखि दिनको १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान हुनेछ । मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुने रिजालले जानकारी दिनुभयो ।
सांसद विजयकुमार गच्छदारले सभापति देउवालाई प्रस्ताव गर्नुभएको थियो भने मानबहादुर विकले समर्थन गर्नुभएको छ । त्यसैगरी प्रकाशमान सिंहको उम्मेदवारीलाई सांसद सीतादेवी यादवले प्रस्ताव र सञ्जयकुमार गौतमले समर्थन गर्नुभएको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टीको संसदीय दलको विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । संसदीय दलको नेतामा उम्मेदवारी दिएका नेताहरु आज बिहानै देखि आन्तरिक छलफलमा व्यस्त रहेका छन् । देउवा पक्ष बलियो देखिएपनि सिंहलाई भने नयाँ पुस्ताको सहयोग रहने आकलन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here