काँग्रेस महामन्त्री कोइरालाले यस्तो गरे कार्यकतालाई निर्देशन

नवलपरासी,१० फागुन । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले चुनावमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नवलपरासी क्षेत्र नं। ३ को चोरमारामा काँग्रेस क्षेत्रीय समितिले गरेको कार्यक्रममा उहाँले भन्नुभयो – ‘संविधान कार्यान्वयनका लागि घोषित स्थानीय निर्वाचनलाई सफल बनाउनुपर्दछ ।’

महामन्त्री कोइरालाले स्थानीय निर्वाचन घोषणा भएकाले अव त्यसलाई सफल बनाउनुको विकल्प छैन् भन्दै चुनावमा सक्रियताका साथ लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

मधेसी मोर्चा असन्तुष्ट हँुदा संविधान कार्यान्वयनमा चुनौती भएको बताउँदै उहाँले मधेसी मोर्चाको असन्तुष्टि सम्बोधन गर्ने दायित्व काँग्रेसमाथि आएकाले यसका लागि मोर्चासँग छलफल गरी अगाडि बढ्ने बताउनुभयो ।

महामन्त्री कोइरालाले आगामी वैशाख ३१ गतेलाई निर्वाचनको मिति तय गरिएकाले मधेसी मोर्चासहितका असन्तुष्ट दलहरुसँग वार्ता गरेर समस्याको समाधान गर्ने बताउँदै सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा काँग्रेस जिल्ला सभापति विष्णु लामिछाने, काँग्रेस नेता कृष्णचन्द्र नेपाली, क्षेत्र न।३ का क्षेत्रीय सभापति जगतबहादुर कार्की, क्षेत्रीय सचिव धनसिङ बोहोरालगायतले स्थानीय चुनावमा काँग्रेस भूमिकाका विविध पक्षमाथि प्रकाश पार्नुभयो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here