काँग्रेस पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय शुशील कोइरालाको सम्झनामा सोसियलिष्ट युथ सर्कलको भोली समुद्घाटन हुने

काठमाडौं, ३१ भदौं । नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व सम्माननिय प्रधानमन्त्री स्वर्गीय शुशील कोइरालाको सम्झनामा भोली शुशील कोइराला सोसियलिष्ट युथ सर्कलको उद्घाटन हुने भएको छ ।

नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व सम्माननिय प्रधानमन्त्री स्वर्गीय शुशील कोइरालाको सम्मान र सम्झना एवं युवा विद्यार्थीहरुको नेतृत्व विकास, राजनीतिक शुद्धिकरण, परिवर्तन र अवसर सृजनाको उद्धेश्यले तारा बहादुर थापाको अध्यक्षतामा,उपाध्यक्ष सुरेश परियार र सचिव निलम तिम्लसिनाको नेतृत्वमा गठन भएको शुशील कोइराला सोसयलिष्ट युथ सर्कलको काठमाडौंमा एक आपैचारिक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिने भएको हो ।
नेपाली काँग्रेसको वरिष्ठ नेता एवं पुर्व सम्माननिय सभामुख रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता,नेपाली काँग्रेसका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतको विशेष आतिथ्यतामा र नेपाल विद्यार्थी संघका पूर्व सहमहामन्त्री निलकण्ठ रिजालको आतिथ्यतामा भोली मिति २०७४ साल असोज १ गते दिनको एक बजे प्रज्ञा प्रतिष्ठान कमलादिमा समुद्घाटन समारोह कार्यक्रम रहेको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य पुजन गन्धर्वले खबरै खबरलाई जानकारी दिनुभयो । केन्द्रीय सदस्य गन्धर्वले भोली हुने उद्घाटन कार्यक्रममा उपस्थितिका लागि सबैमा अनुरोध गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here