काँग्रेस नेता सिंहले भनेः बढ्दो बालिका बलात्कारका घटना रोक्न सरकार किन कमजोर बन्दै छ ?

काठमाडौं,१३ असोज । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले दिनप्रतिदिन बालीकामाथि बढ्दो बलात्कारका घटनाले आफुलाई दुःखी बनाएको बताउनुभएको छ ।
उहाँले यस्ता घटनाले राज्यको प्रतिष्ठामाथि प्रश्न गर्ने भन्दै घटनामा संलग्नलाई तत्काल कारबाहीमा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
काठमाडौं महानगरपालिका १७ वडा काँग्रेसले आज आयोजना गरेको एईई उत्तिण विद्यार्थीहरुको सम्मान तथा दशै शुभकामना कार्यक्रममा बोल्दै नेता सिंहले सरकारले देशमा ठुला सपना रेल,पानी जहाज ल्याउने देखाएपनि दिनप्रतिदिन घटेका घटना रोक्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो सस्तो लोकप्रियताले देश चल्दैन ।
उहाँले देशमा पछिल्लो समय बढ्दै गएको महिलामाथिको हिंसा रोक्न सरकारले तत्काल कार्ययोजना ल्याउनु पर्ने माग गर्नुभयो ।
उहाँले साना नानीहरुको भविश्यमाथि भइरहेको खेलवाडका कारण देशको गौरव माथि प्रश्न उठ्ने भन्दै नागरिकलाई सजक हुन आग्रह गर्नुभयो । कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १७ बाट यस वर्ष एईईमा उत्तिण ६९ जनालाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here