काँग्रेस नेता सिंहले भनेः वर्तमान सरकार जनवादी केन्द्रीयता लाद्न खोज्दै छ !

सप्तरी,३० चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले मुलुकमा जनवादी केन्द्रीयता लाद्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ ।

नेपाल प्रेस युनियन सप्तरीले आज राजविराजमा गरेको पत्रकार सम्मेलनमा नेता सिंहले सरकार जनवादी केन्द्रीयतामार्फत् अधिनायकवादमा जान खोजेको आरोप लगाउनभयो । संविधानको मर्म र भावनाअनुरुप अघि बढ्न प्रजातान्त्रिक शक्तिले सरकारलाई दवाव दिनुपर्नेमा जोड दिनभुयो ।

दुई तिहाइको सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा दिए पनि सुनकाण्ड र वाइडबडी विमान खरिद काण्डमा व्यापक भ्रष्टाचार गर्दै जनचाहनाअनुसार काम गर्न नसकेको उहाँको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here