काँग्रेस नेता सिंहले भने सरकारले वाइडबडी खरिदमा संलग्नलाई बचाउन खोज्दै छ

धनगढि,२७ पुस । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले दुई तिहाई सरकारले सुशासनको नारा दिएर भ्रष्टाचारलाई संरक्षण गरिरहेको आरोप लगाउनुभएको छ ।

नेपाल प्रेस युनियन कैलालीले आज गरेको पत्रकार सम्मेलनमा सिंहले वाइडबडी खरिदमा भएको भ्रष्टाचार सरकारले लुकाउन खोजीरहेको आरोप लगाउनुभयो ।
उहाँले संसदको अन्य समितिहरुले लेखा समितिको संयोजकत्वमा बनाएको उपसमितिले सरकारलाई बुझाएको प्रतिवेदनमा यथार्थ विवरण उल्लेख गर्दा पनि सरकारले वाइडबडी खरिदमा भएको अनियमितताबारे छानबिन अघि नबढाउनु गलत नियत भएको उल्लेख गर्नुभयो ।

कर्मचारी समायोजन प्रक्रियामा पनि सरकारको ढिला सुस्तीका कारणले गर्दा कर्मचारी समायोजन प्रक्रियामा ढिलाई भएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here