काठमाडौं, २४ भदौं– नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका पूर्व आमन्त्रित सदस्य प्रतापराम लोहारको ७४ वर्षको उमेरमा निधन भएको छ ।
विगत केही समयदेखि मधुमेह, मिर्गाैला र उच्च रक्तचाप बिरामी पर्नु भएका लोहारको ललितपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुर निवासी लोहारको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । स्व लोहारले काँग्रेसको संगठनमा निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको गर्नुभएकोे छ ।
काँग्रेसले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । उहाँका श्रीमती, एक छोरा र चार छोरी हुनुहुन्छ ।

