रसुवा, १३ फागुन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कुरा फर्ने पार्टीलाई अब जनताले विश्वास नगर्ने दावी गर्नुभएको छ । रसुवामा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले कम्युनिष्ट नेताहरूले परिस्थितिअनुसार कुरा फेर्ने गरेकोले जनताले विश्वास नगर्ने पौडेलको उल्लेख गर्नुभयो ।
उहाँले प्रधानमन्त्री केपी ओलीले समृद्धिको गफ गरे पनि जनताले महशुस गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्रीले समृद्धिको जग राखेँ भन्नुहुन्छ । समृद्धिको जग भनेको वाइड बडीमा भ्रष्टाचार गर्नु, ३३ किलो सुनकाण्डका दोषी पहिचान नगर्नु हो ।
नेता पौडेलले यसैगरि कम्युनिष्टहरूले मुलुक चलाए समृद्धि नल्याउने दाबी गर्नुभयो । पौडेलले साम्यवाद मिथ्या हो भन्ने थाहा पाएपछि कम्युनिष्टहरू कांग्रेस प्रवेश गर्ने उल्लेख गर्नुभयो ।

