काँग्रेस जागरण अभियानमा महिला नेतृहरुले भनेः ‘आसन र भाषण’ हामीलाई पनि हुनुपर्छ

काठमाडौं,१८ बैशाख । नेपाली कांग्रेसले घोषणा गरेको जागरण अभियानमा महिलाहरुको प्रतिनिधित्व ३३ प्रतिशत बढी र्पुयाउन महिला नेतृहरुले नेतृत्वलाई दबाब दिएका छन् ।

महासमिति सदस्य निमा गिरीको नेतृत्वमा पार्टीका शीर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाउँदै जागरण अभियानका क्रममा ‘आसन र भाषण’ साथै अन्य महत्वपूर्ण कामहरुमा महिलाहरुको प्रतिनिधित्व बढाउन माग गरेका हुन ।

जागरण अभियानमा महिला प्रतिनिधित्व बढाउन आग्रह गर्दै सभापति शेरबहादुर देउवा, महामत्री डा. सशांक कोइराला, उपसभापति विमलेन्द्र निधि, प्रबक्ता विश्वप्रकाश शर्मालाई ज्ञापनपत्र बुझाइसकेका छन् । उपसभापति विमलेन्द्र निधीले देशैभर सर्कुलर जारी गरेर जागरण अभियानमा महिलाहरुको प्रतिनिधित्व बढाउन पार्टी प्रवक्तालाई निर्देशन दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here