काँग्रेस गिरोहको कव्जामाः नेता कोइराला

उदयपुर,२५ चैत ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई गिरोहले चलाएको   टिप्पणी गर्नुभयो । गिरिजाप्रसाद कोइराला फाउन्डेशन उदयपुरको पदस्थापन तथा फोटो प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले आगामी चौधौं महाधिवेशन समयमै नगर्ने हो भने कांग्रेस अझ कमजोर हुने दावी गर्नुभयो ।
उहाँले कांग्रेसका नेतारकार्यकर्तामा व्यक्तिवादी चरित्र जातियता र साम्प्रदायिकता बढ्दै गएको उल्लेख गर्नुभयो ।
गुट र उपगुटमा विभाजित कांग्रेसलाई एकढिक्का बनाउदै अघि बढ्ने नेतृत्व आगामी महाधिवेशनबाट चयन हुन सके मात्रै कांग्रेस, मुलुक र संघीयता बलियो हुने उहाँको भनाई छ ।

जिल्ला सभापतिहरुको भेलाले राखेको माग उचित भएको पनि कोइरालाको तर्क थियो । कांग्रेसले जिम्मवार प्रतिपक्षको भुमिका निभाउन नसक्दा सरकार अधिनायकवादतर्फ अघि बढेको उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here