काँग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौं, २० असोज– नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अहिले बसिरहेको छ । प्रमुख वामपन्थी दलहरुवीच चुनावी तालमेल भएपछि आफ्नो भावी रणनिति तय गर्न काँग्रेस केन्द्रीय समिति बैठक बोलाइएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा आसन्न निर्वाचनका लागि उम्मेदवार चयनको मापदण्ड बनाउने बारे छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा वृहत लोकतान्त्रिक मोर्चालाई कसरी अगाडी बढाउने भन्नेबारेमा छलफल केन्द्रीत हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here