काँग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं, १२ जेठ– नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएकोछ । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि काँग्रेसको नेतृत्वमा सरकार गठनका विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।
सरकार गठनका समयमा माओवादी केन्द्र र काँग्रेसबीच भएको सहमति अनुरुप अबको सरकारको नेतृत्व काँग्र्रेसले गर्ने भएकाले काँग्रेस अहिले सरकार गठनको कसरतमा जुटेको छ ।

पार्टी कार्यालय सानेपामा बिहान ८ बजे पछि बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समयमा सरकार गठनको प्रक्रिया पुरा गर्ने विषयमा छलफल केन्द्रीत हुने छ ।
बैठकमा काँग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने बारेमा सहमति जुटाइने बुझीएको छ । बैठकमा काँग्रेसको नेतृत्वमा हुने सरकारमा कस्कस्लाई सहभागि गराउने भन्नेमा पनि बैठकले धारणा तय गर्ने छ ।
बैठकमा काँग्रेसको नेतृत्वमा बन्ने सरकारलाई समर्थन तथा सहयोग गर्न संसदमा रहेका सबै दललाई पत्राचार गर्ने, संविधान संशोधन, दोस्रो चरणको निर्वाचनमा पार्टीको स्थान लगायतका बारेमा पनि छलफल हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here