काँग्रेस काठमाडौंको जिल्ला भेला अाज, सभापति सहित शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं,८ बैशाख–  नेपाली काँग्रेस काठमाडौंले आज जिल्ला भेलाको आयोजना गरेको छ । नयाँ वर्षको शुभकामना तथा पार्टीको आगामि रणनीति तय गर्न भेलाको आयोजना गरिएको काठमाडौं जिल्ला सभापति कृष्ण बानियाले जानकारी दिनुभयो ।
भेलाको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा गृहमा बिहान ८ बजेपछि गर्नुहुने छ ।  भेलामा पार्टी शीर्ष नेताहरुको उपस्थिति हुने सभापति बानियाले बताउनुभयो । कार्यक्रममा काठमाडौंका विभिन्न क्षेत्रबाट र्याली सहित कार्यकर्ता सहभागि हुने छन् ।

भेलामा विशेषगरि भरखरै सम्पन्न तीन निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुरुप नतिजा ल्याउन नसक्नुको कारण, पार्टीको संगठनात्मक संरचना, कार्यकर्तामा आएको विचल लगायतका बारेमा छलफल हुने छ । नेताहरुले पार्टीलाई बलियो बनाउन तथा कार्यकर्तालाई आआफ्नो क्षेत्रमा संगठन विस्तारका बारेमा निर्देशन दिने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here