काँग्रेससंग रिसाएको राजपा अध्यक्ष मण्डलको बैठक बस्दै

काठमाडौं,११ कार्तिक– नेपाली कांग्रेस तथा अन्य दलसंग गर्ने चुनावी तालमेलको विषयलाई टुङ्ग्याउने बिषयमा राष्ट्रिय जनता पार्टी छलफलमा जुटेको छ ।
राजपाको मत धेरै भएको प्रदेश नम्बर २ मा काग्रेससंग कसरी तालमेल गर्ने भन्ने बारेमा राजपा नेताहरु बिच एकमत नभएपछि समान धारणा बनाउन राजपाको अध्यक्ष मण्डलको बैठक हिजोदेखि जारी छ ।
आज दिउँसो बस्ने बैठकमा काग्रेस तथा अन्य दलसंग चुनाबी तालमेल गर्ने बिषयमा मापदण्ड तयार पार्ने राजपाका प्रवक्ता डिम्पल झाले जानकारी दिनुभयो ।
बाहिर आएजस्तो राजपाले कांग्रेससँग कुनै राजनितिक बार्गेनिङ नगरेको र तालमेलमा पनि राजपा बाधक नबन्ने गरि छलफल अगाडि बढाईएको झाले जानकारी दिनुभयो । आज बेलुकीसम्ममा चुनावी तालमेलको विषयमा अन्तिम निर्णय आईसक्ने राजपाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here