काँग्रेसले सरकारको आलोचना गर्ने विषय नपाएर“मेरो सरकार”मा अल्झीयोः प्रधानमन्त्री ओली

काठमाडौं,३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षले कुनै विषय नपार्एपछि सरकारको नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले बाचन गर्दा मेरो सरकार भनेको विषयलाई आलोचित बनाएको आरोप लगाउनुभयो ।

२६ औँ मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उहाँले आलोचना गर्ने ठाउँ नभेटेपछि आलोचना भएको दावी गर्नुभयो । राष्ट्रपतिले मेरो सरकार नभनेर कस्को भन्ने ? कसको प्रतिवेदन पढ्ने ? त्यस कुरालाई अचम्म ढंगले भ्रम फैलाइएको आरोप लगाउनुभयो । ‘कुवाबाट आकाश जत्रो देखिन्छ त्यत्रै मात्र छ भन्नुहुँदैन ।

भारतमा पनि त्यस्तै राष्ट्रपति संस्था रहेको छ र सम्बोधन गर्ने प्रचलन छ । तर यहाँ बहुतै स्याल हुइँया मच्चाइयो । बुद्धिजीवी पनि यसमा कुदे,’ प्रधानमन्त्रीको भनाई थियो । उहाँले चित्त नदुखाइ फराकिलो मन बनायर पार्टी एकतालाई मजबुत बनाउनु पर्ने बताउनुभयो । उहाँले एकता केहिदिनमा टुङ्गिने बताउनुभयो ।

उहाँले पछिल्लो समय देखिएका केहि तिक्तताका विषयले छिटै टुङगोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले लोकतन्त्रलाई अराजकता र स्वतन्त्रताको परिभाषाभित्र राख्न खोजिएको आरोप लगाउनुभयो । प्रधानमन्त्री ओलीले लोकतन्त्रमा कानुनी शासन हुनेभएका यसको अराजकता र स्वतन्त्रताको परिभाषाभित्र राख्न नमिल्ने बताउनुभयो ।

लोकतन्त्रका नाममा सरकारले अराजकता मच्चाउन नदिने भन्दै सरकार, नागरिक र पार्टीहरुले पनि संविधानको पालना गर्नुपर्ने दायित्व बिर्सन नमिल्ने बतानुभयो । सरकारले गरेका राम्रा कामबाट अत्तालिएर राष्ट्रिय एकता हुन नदिने विभिन्न षड्यन्त्र भइरहेको भन्दै नेपाली समाजलाई विद्वेष र घृणा फैलाउने षड्यन्त्रहरु भइरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट आएको सम्बोधनमार्फत आएको नीति तथा कार्यक्रममा काँग्रेसले शब्दलाई लिएर अनावाश्यक टिप्पणी गरेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here