काँग्रेसले भन्योः हावाहुरी पिडितलाई हाम्रो दुई दिनको तलब सहयोग !

काठमाडौं,१८ चैत । आइतवार राति बारा र पर्सा जिल्लामा आएको आँधीहुरीका प्रभावितलाई नेपाली कांग्रेसका सांसदले २ दिनको तलब दिने निर्णय भएको छ । विपद्मा मृत्यु भएका व्यक्ति परिवारलाई राहत, घाइतेको उपचार र पुनर्स्थापनाका लागि कांग्रेसका सांसदले २ दिनको तलब दिने घोषणा गरेका हुन् ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७५ चैत्र १७ गते आइतवारका दिन साँझ बारा र पर्सा लगायत तराईका विभिन्न स्थानमा अकस्मात आएको भीषण हावाहुरीबाट प्रभावितहरूका लागि राहत स्वरुप नेपाली कांग्रेसका संघीय संसदमा प्रतिनिधित्व गर्नुहुने माननीय सदस्यज्यूहरूको दुई २ दिनको तलब बराबरको रकम सहयोग गर्ने नेपाली कांग्रेस संसदीय दल निर्णय गर्दछ ।’

कांग्रेसको संघीय संसदीय दलको कार्यालयले सोमवार जारी गरेको विज्ञप्तिमा नेपाली कांग्रेसका सम्पूर्ण सांसदको तर्फबाट २ दिनको पारिश्रमिक बराबर प्राप्त हुने रकम राहतस्वरूप उपलब्ध गराउने निर्णय भएको व्यहोरा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here