कास्की,१२ असार । पोखरा महानगरपालिकाको कार्यालयमा कांग्रेस निकट जनप्रतिनिधिले ताला लगाएका छन् । पोखरा महानगरले प्रस्तुत गरेको नीति कार्यक्रम र बजेट सच्याउन माग गर्दै कांग्रेस निकट निर्वाचित वडा अध्यक्षसहित जनप्रतिनिधिले महानगरको गेटमा ताला लगाएका हुन् ।
महानगर प्रमुख मानबहादुर जीसीले बजेटबारे छलफल नै नगरी पारित गरेको आरोप लगाएका छन् । उनिहरुले हिजो रेडबुक नै च्यातेका थिए । बजेटमाथि छलफल नै नगरी मेयरको बलमा पारित गरिएको आरोप छ । पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेट प्रस्तुत गरेको थियो ।

