काँग्रेसले आज तीन प्रदेशको उम्मेदवार टुङगो लगाउने

काठमाडौं, २६ जेठ– नेपाली काँग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आजसम्म तीन प्रदेशको उम्मेदवारी टुङ्गो लगाउने भएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले अधिकांश जिल्लाको उम्मेदवार टुङ्गो लगाए छ ।
आज प्रदेश नं १, ५ र ७ कोसम्म टुङ्गो लगाउने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले गुल्मी, नवलपरासी, ओखलढुङ्गा, सङ्खुवासभालगायतका अधिकांश जिल्लाको टुङ्गो लगाएको र आज बस्ने बैठकले सबै उम्मेदवार टुङ्ग्याउने बताउनुभयो । २ नं प्रदेशको भने केही समय लाग्ने उहाँले जानकारी दिनुभयो । आज दिउँसो २ बजे बस्ने बैठकले टुङगो लगाउने छ ।
काँग्रेसले सो निर्वाचनका लागि क्षेत्रीय कार्यसमितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्ग्याउने अधिकार दिएको छ । क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्यसमितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्यसमितिमा पठाउने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here