काँग्रेसमा आन्तरिक किचलो, आज केन्द्रीय समिति बैठक अह्वान

काठमाडौं,४ चैत । नेपाली कांग्रेसभित्र लामो समयदेखि छलफलमा रहेको अनुशासन समिति र निर्वाचन समितिको गठनमा थप विवाद देखिएको छ । सभापति शेरबहादुर देउवाले अनुशासन समितिमा भिष्म आङ्दाम्बेलाई सभापति सिफारिस गरेपछि संस्थापनइतर पक्षले आपत्ति जनाएको छ ।
एक केन्द्रीय समिति सदस्यले बताएअनुसार सभापति देउवाले अनुशासन समितिमा सभापतिका रूपमा आङ्दाम्बेसहित सदस्यमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठोरलाई बनाउन चाहेका छन् ।
५ सदस्यीय अनुशासन समितिमा बाँकी २ सदस्यको नाम चाहिँ सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिन आग्रह गरेका छन् । तर संस्थापनइतर पक्षले देउवाको निर्णय मान्य नहुने बताउँदै आएका छन् ।
पौडेल पक्षले अनुशासन समिति र निर्वाचन समितिमा आफ्ना पक्षका नेताहरू राख्ने देउवाको तयारी बुझेपछि केन्द्रीय समिति बैठक बहिष्कार गर्ने चेतावनी दिँदै आइरहेको थियो । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकमा अनुशासन र निर्वाचन समिति गठन गर्ने विषयमा छलफल हुने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here