काँग्रेसद्वारा घोषणापत्र तयारी समितिलाई पूर्णता

काठमाडौँ, १९ चैत । नेपाली काँग्रेसले केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिलाई आज पूर्णता दिएको छ ।

केन्द्रीय कार्यसमितिको गत आइतबारको बैठकको निर्णयानुसार गठित उक्त समितिलाई ३५ सदस्यीय बनाएर आज पूर्णता दिएको हो ।

घोषणापत्रलाई अन्तिम रुप दिन समितिले केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यसँग परामर्श गर्नुका साथै पार्टीबाट मन्त्रिपरिषद्मा सदस्य रहेका सबै मन्त्री घोषणापत्र तयारी समितिका आमन्त्रित सदस्यका रुपमा रहने उक्त पार्टीले आज जनाएको छ ।

समितिले पार्टीका सांसद र संसदीय दलसँग परामर्श गर्ने कार्यविधि अवलम्बन गर्ने तथा सबै भ्रातृ एवम् शुभेच्छुक संस्थाका सभापति÷अध्यक्षलाई छलफलमा आमन्त्रण गर्ने, पार्टीका विभिन्न तह÷निकायबाट सुझाव आह्वान गर्नेछ । त्यसैगरी समितिले पार्टी निकटका बुद्धिजीवी प्रबुद्ध वर्गसँग विषयगत परामर्श गर्ने जनाएको छ ।

उक्त समितिका सदस्यमा रामशरण महत, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, नारायण प्रकाश साउद, डा शेखर कोइराला, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे, आनन्दप्रसाद ढुङ्गाना, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, प्रदीप पौडेल, विश्वप्रकाश शर्मालगायत हुनुहुन्छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here