काँग्रेसको सभा आज बुटवलमा

काठमाडौं, २९ चैत– नेपाली कांग्रेसले आज वुटवलमा चुनावी सभा गर्नेभएको छ । स्थानीय निकायको निर्वाचन नजिकिए संग संसदको ठुलोदल काँग्रेसले देशका विभिन्न स्थानमा चुनावी सभाको आयोजना गर्दै आएको छ ।
यसअघि काँग्रेसले कैलालीको अत्तरिया र दाङको तुलसिपुरमा चुनावी सभा गरिसकेको छ । मध्यान्ह सुरुहुने चुनावी सभालाई काँग्र्रेसका शीर्ष नेताहरुले सम्बोधन गर्नुहुने छ ।

पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, नेता कृष्ण सिटौला लगाएतका नेता चुनावी यात्रामा हुनुहुन्छ ।
काँग्रेसले भोली पोखरा, ३१ गते जनकपुर र वैशाख २ गते झापामा चुनावी सभा गर्ने निर्वाचन परिचालन समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here