काँग्रेसको बहुमत पक्काः प्रधानमन्त्री देउवा

web

जनकपुर,२२ कार्तिक– प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेशका जनताको अधिकार स्थापित गराउन पनि नेपाली काँग्रेसले दुई तिहाई बहुमत ल्याउनुपर्ने दावी गर्नु भएको छ ।
प्रधानमन्त्री देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसले दुई तिहाई बहुमत नल्याए मधेशका जनताको इच्छा र आवश्यक्ता पूरा नहुने तर्क पनि गर्नु भयो ।

आज जनकपुुरमा आयोजित काँग्रेसका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काँग्रेसले मधेशको जनताको अधिकार स्थापित गराउन संविधान संशोधनको प्रस्ताव लगेपनि एमालेलगायतका दलहरुको विरोधका कारण संसदबाट पारित हुन नसकेको पनि स्पष्ट पार्नु भयो ।

उहाँले प्रदेश नम्बर २ बाट दुई तिहाई बहुमत काँग्रेसले पाएमात्रै मधेशको इच्छा अनुसार संविधान संशोधन हुने आश्वासन पनि दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here