काँग्रेसको जनकपुर सभा स्थगित, यस्तो छ कारण

काठमाडौं, ३१ चैत–  नेपाली काँग्रेसले आज जनकपुरमा आयोजना गरेको प्रदेश नं २ स्तरीय निर्वाचन केन्द्रित सभा स्थागित भएको छ ।

प्रर्देश नम्बर २ मा सभा गर्नुभन्दा पहिले त्यसक्षेत्रका काँग्रेस साँसद, पार्टी जिल्ला सभापति तथा नेताहरुसंग छलफल गरेरमात्रै सभागर्न सुझाव आएपछि काँग्रेसले अर्काे मिति तय नहुदा सम्मका लागि आज आयोजना गरेको चुनावी सभा स्थगित भएको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
यसैबीचः काँग्रेसले प्रदेश नम्बरः २ का जिल्लाका सभापति, सांसद तथा त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुसँग छलफल आज छलफल गर्दै छ ।
संसदमा मधेशी मोर्चाको माग सम्बोधन गर्न दर्ता गराएको नयाँ संशोधनमा पनि मोर्चाले असन्तुष्टि जनाएपछि प्रदेश २ मा मधेसी मोर्चाले पुर्याउन सक्ने अबरोधलाई मध्यनजर गर्दै छलफलको आयोजना गरेको नेताहरुले जनाएका छन् ।
पार्टी कार्यालय सानेपामा दिउँसो हुने छलफलमा आजै मिति तय गर्नेबारेमा निर्णय हुने छ । तोकिएको मितिसम्ममा मोर्चासंग छलफल गरि सहमतिमा ल्याउने प्रयास गरिने काँग्रेसले जनाएको छ ।
स्थानीय निकायको निर्वाचनलाई मध्ययनजर गर्दै काँग्रेसले आफ्नो पहिलो सभा कैलालीको अत्तरिया, दाङको तुलसिपुर, भैरहवा र पोखरामा सम्पन्न गरिसकेको छ । काँग्रेसले वैशाख २ गते झापामा चुनावी सभा गर्ने निर्वाचन परिचालन समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here