काँग्रेसको चुनावी सभा दाङमा, शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं, २८ चैत– नेपाली कांग्रेसले आज दाङमा चुनावी सभा गर्दै छ । स्थानीय निकायको निर्वाचन नजिकिए संग संसदको ठुलो दल काँग्रेसले देशका विभिन्न स्थानमा चुनावी सभाको आयोजना गर्ने यसअघिनै घोषणा गरेको थियो ।

त्यसै अन्तरगत हिजो कैलालीको अत्तरियामा चुनावी सभा गरेको काँग्रेसले आज दाङमा सभाको आयोजना गरेको हो । मध्यान्ह १२ बजे सुरुहुने चुनावी सभालाई काँग्र्रेसका शीर्ष नेताहरुले सम्बोधन गर्नुहुने छ ।

दाङको तुलसिपुरमा हुने सभालाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, नेता कृष्ण सिटौला लगाएतका नेता केहिबेरमा दाङ पुग्ने सांसद राजु खनालले जानकारी दिनुभयो ।

त्यस्तै–काँग्रेसले भोली बुटवलमा सभा गर्दैछ भने, चैत ३० गते पोखरा, ३१ गते जनकपुर र वैशाख २ गते झापामा चुनावी सभा गर्ने निर्वाचन परिचालन समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here