काठमाडौं,८ साउनःकांग्रेसका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगति भएको छ। मंगलबार बसेको बैठकमा कसले पहिले बोल्ने समय पाउने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरु नै उभिएका थिए। राष्ट्रियसभा अध्यक्षले सत्तापक्षका सांसदलाई बोल्न समय दिएपछि कांग्रेसका सांसदहरु यथास्थानमा उठेका थिए। बैठक अवरुद्ध भइरहेपछि अध्यक्षले ११ गते बिहान ९ बजेका लागि अर्को बैठक बोलाएका छन्।

