काँग्रेसका चन्द्र भण्डारीलाई हराउँदै एमाले सचिव प्रदीप ज्ञवाली विजयी

गुल्मी,२४ मंसिर–  गुल्मीको क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा एमाले सचिव एवं वाम गठबन्धनका उम्मेदवार प्रदीप ज्ञवाली निर्वाचित हुनुभएको छ ।

ज्ञवालीले ३७ हजार ८ सय १४ मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन अधिकृत राप्रसाद न्यौपानेले जानकारी दिनुभयो । ज्ञवालीसँग नेपाली कांग्रेसका चन्द्र भण्डारी ३० हजार २ सय ५६ मत ल्याएर पराजित हुनुभएको छ । ज्ञवाली पहिलो र दोस्रो दुबै संविधानसभामा पराजित हुनुभएको थियो ।

त्यस्तै सोही क्षेत्रको प्रदेश सभा ‘क’ मा माओवादीका सुदर्शन बराल निर्वाचित हुनुभएको छ । बरालले १७ हजार ९ सय १० मत ल्याएर बिजयी हुनुभएको हो बरालसँग कांग्रेसका पृथ फौजदारले १३ हजार २ सय ९९ मत ल्याउनुभएको थियो ।

त्यस्तै प्रदेशसभा ‘ख’मा एमालेका कमलराज श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठले १९ हजार ५ सय ९१ मत ल्याएर विजयी हुनुभयो । श्रेष्ठसँग कांग्रेसका धनेन्द्र कार्की १६ हजार ३ सय ७३ मत ल्याउनुभयो । क्षेत्रनम्बर २ बाट शनिबारै गोकर्ण विष्ट निर्वाचित हुनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here