कहिले जान्छन् डोटीमा डाक्टरहरु ?

काठमाडौं,१५ फागुन–  सुरक्षाको कारण देखाउँदै चिकित्सकले जिल्ला छोडेपछि जिल्ला अस्पताल डोटीमा उपचार सेवा ठप्प भएको छ ।

फागुन ६ गते डा.जितेन्द्र सिंहमाथि बिरामीका आफन्तले कुटपिट गरेपछि चिकित्सकले जिल्ला छाडेका हुन् । डा.सिंहमाथि कुटपिट भएपछि नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दै चिकित्सकहरूलाई जिल्ला छोड्न भने पछि सबै चिकित्सक राजधानीमा छन् ।
डाक्टर नहुँदा जिल्लाका सबै अस्पतालको ओपिडी सेवासमेत प्रभावित भएको छ । जिल्ला अस्पताल, सुजङ अस्पताल, शैलेश्वरी अस्पताल, शिखर पोलिक्लिनिकलगायत जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रसमेत डाक्टरविहीन भएका छन् ।
जिल्लामा बसेको सर्वपक्षीय बैठकले डोटी जिल्लामा तत्काल चिकित्सक पठाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ । सरकारी र निजी दुवैतर्फका सबै चिकित्सकले जिल्ला छोड्दा नागरिकको स्वास्थ्यमा समस्या हुने भन्दै सर्वदलीय बैठकले तत्काल चिकित्सक पठाउन आग्रह गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here