कहाँ चुक्यो काठमाडौं महानगरपालिका ?

काठमाडौं, १० असार–काठमाडौँ महानगरपालिकाले स्थानीय निकायका जनप्रतिनिधिलाई मोबाइल फोन बाँड्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने जनाएको छ । नगर कार्यपालिकाका सदस्यलाई मोबाइल बाँड्ने निर्णयको सर्वत्र आलोचना भएपछि महानगरले तत्काल कार्यन्वयन नगर्ने जनाएको हो ।

यसअघि  महानगरको  गत मंगलबार बसेको बैठकले जनप्रतिनिधिलाई मोबाइल फोन  बाँड्ने निर्णय गरेको थियो । यस्तै काठमाडौँ महानगरपालिकाको बोर्ड बैठकले ८८ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई घरमै स्वास्थ्य सेवा दिने निर्णय गरेको छ ।  त्यसका लागि असार १५ गतेदेखि चिकित्सकको टोली  घरघरमै पठाएर वृद्धवृद्धाको स्वास्थ्य जाँच गर्ने महानगरले निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here