कस्ले गर्यो, अन्धाधुन्ध गोली प्रहार ? अमेरिकी सांसदसहित केही घाइते

एजेन्सी, अमेरिकाको भर्जिनिया राज्यस्थित एक बेसबल मैदान यूजिन सिम्सन स्टेडियम पार्कमा खेल हेर्न उपस्थित अमेरिकी सांसदको समूह माथि एक बन्दुकधारीले गोली चलाउँदा एक सांसदसहित उनका सहयोगीहरु घाइते भएका छन् ।

अमेरिकी मिडियाका अनुसार रिपब्लिकन सांसद मेजोरिटी ह्विप स्टिभ स्कालिस र उनका केही सहयोगीलाई गोली लागेको छ । यस्तै घटनास्थलमा रहेका अन्य केही राज्यका रिपब्लिकन सांसदले भने लुकेर ज्यान जोगाएका थिए । स्कालिसलाई तिघ्रामा गाेली लागेकाे र उनी खतरामुक्त रहेकाे बताइएकाे छ ।

आलाबामा राज्यका सांसद मो ब्रुक्सले सिएनएनलाई बताए अनुसार त्यहाँ ५० देखि १०० राउन्डसम्म गोली चलेको थियो । त्यसपछि खेलमैदानमा भागदौग मच्चिएको थियो । सिएनएनकै अनुसार २ जना प्रहरीलाई पनि गोली लागेको छ । प्रहरीका अनुसार बन्दुकधारी ली माल्भाेलाई प्रहरीले हिरासतमा लिइसकेकाे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here