कस्तो आउँला राप्रपाको घोषणापत्र पत्र ? आज सार्वजनिक गर्दै

काठमाडौं, १३ बैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आज स्थानीय तहको निर्वाचन सम्बन्धी घोषणापत्र सार्वजनिक गर्दैछ ।

ललितपुरको कुपण्डोलस्थित एक होटेलमा विशेष पत्रकार सम्मेलन गरेर राप्रपाले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

जनतामा मत माग्न जानु अगाडि पार्टीको भावी योजनाहरू राखेर घोषणापत्र तयार पारिएको भन्दै आज घोषणापत्र सार्वजनिक गरिने नेताहरुले जनाएका छन् ।

स्थानीय तहको निर्वाचनको तयारी पनि तीब्रताका साथ सुरु गरेको उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here