मतदाता शिक्षा आजदेखि सुरु, मतदाता परिचयपत्र आजै वितरण हुने

आजदेखि हरेक मतदानकेन्द्रबाट निर्वाचन शिक्षा सुरु

काठमाडौं, २८ बैशाख– आजदेखि हरेक मतदानकेन्द्रबाट निर्वाचन शिक्षाका विषयमा जानकारी दिइने भएको छ । आजदेखि पर्सीेसम्म ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता÷स्वयम्सेवक परिचालन गरिने भएको छ ।

सबै मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता÷स्वयम्सेवकलाई अनिवार्य रूपमा उपस्थित भई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्वाचन आयोगले मतदाता शिक्षा कार्यकर्ता÷स्वयम्सेवकलाई निर्देशन दिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

यसैबचि निर्वाचन आयोगले आज, भोली र पर्सीे सबै मतदान केन्द्रबाट मतदाताको परिचयपत्र वितरण गर्ने जनाएको छ । नमुना मतपत्रसमेत लिएका मतदाता शिक्षा कार्यकर्ता÷स्वयम्सेवकले मतदाता परिचयपत्र लिन आउने मतदातालाई मतदान गर्ने सही तरिका सिकाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here