कसरी बन्यो छायाँनाथ रारा पहिलो मदिरामुक्त नगर !

मुगु, १२ मंसिर ।  एउटा अत्यन्त दुर्गम क्षेत्रको नगरपालिकाले देशमै उदाहरणीय काम गरेको छ । आफ्नो नगरक्षेत्रलाई हालै मदिरामुक्त क्षेत्र घोषणा गरेर देशकै पहिलो नगरपालिका बन्ने मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाले इच्छाशक्ति भएमा के गर्न सकिँदैन भन्ने सन्देश दिएर देशलाई नै मार्गदर्शन गर्न सफल भएको हो ।

छायाँनाथ रारा नगरपालिका पहिलेको कर्णाली अञ्चल र हाल कर्णाली प्रदेशमा पर्ने अति दुर्गम तथा विकासमा पछिपरेको मुगु जिल्लामा पर्दछ, तर यसै नगरपालिकाभित्र रहेको राराताल भने पर्यटकीय क्षेत्रमा नेपालको मात्र नभई विश्वकै लागि एउटा हिराको टुक्राजस्तै रहेको छ र यसले कर्णाली प्रदेशको मात्र नभई देशकै समुन्नतिमा बल पु¥याउने अपार सम्भावना बोकेको छ ।

पश्चिमी नेपालको उत्तरी हिमाली क्षेत्रमा पर्ने रारा ताल विसं २०२० मा राजा महेन्द्रले भ्रमण गरेर ‘रारा कि अप्सरा’ भन्ने कविता लेखी रारा तालको वर्णन गरेपछि जिल्ला पञ्चायतले पनि यसको नाम पनि महेन्द्रताल घोषणा गरेपछि यसको देशभर चर्चा परिचर्चा शुरु भएको थियो ।

यो ताल २९८० मिटर उचाइमा पहाडहरुको काखमा वरिपरी जङ्गलले घेरिएको र अत्यन्त कञ्चन पानी भएको ताल हो । जति हे¥यो उति हेरिरहँु जस्तो लाग्ने यो ताल रारा राष्ट्रिय निकुन्जअन्तर्गत रहेकाले हालसम्म अप्रदूषित नै रहन सफल भएको छ । यस ताललाई देखेर मन्त्रमुग्ध हुनेको त कुरै छाडौँ, तस्वीर, टेलिभिजन, वृत्तचित्र आदिमा हेर्ने सौभाग्य पाउने जो कोही पनि जीवनमा एकपटक पुग्नैपर्ने गन्तव्य ठान्दछन् । यसको सुन्दरताको आकर्षणले युरोपेली देशका पर्यटक पनि यहाँको भ्रमणमा आउने गरेका छन् ।

यस्तो गरिमामय प्राकृतिक सम्पदा भएको मुगु जिल्ला भने आर्थिक तथा भौतिक प्रगतिको हकमा भने निकै पिछडिएको छ । मुगु जिल्लाको जनसङ्ख्या २०६८ को जनगणनाअनुसार ५५,२८६ रहेको छ भने साक्षरता प्रतिशत ५१ रहेको छ । यहाँको जनजीवन अत्यन्त कष्टकर भएकाले शिक्षा, स्वास्थ्यको अभाव भई सरदर आयू ३९ वर्ष मात्र रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here