कसरी बनिन् नंदा बलिउड अभिनेत्रीे ?

एजेन्सी,२४पुस । चर्चित रंगकर्मी मास्टर विनायक मराठीका छोरी नंदाको जन्म ०८ जनवरी १९३९ मा भारतको मुम्बई शहरमा भएको हो ।
उनका पिता रंगमञ्चको चिरपरिचित हास्य कलाकारका साथै विभिन्न चलचित्रका निर्माता पनि थिए । नंदा उनका बाबुले सोचजस्तो रंगकर्मी नभइँ देश र दुनियाको सेवा गर्नच चाहन्थिन ।

उनि एक चर्चित सेनानी सुभाष चंद्र बोसबाट प्रभावित भएर जस्तोसुकै सेनाको सामना गर्न, देशको सेवा र सुरक्षा गर्ने चाहाना थियो तर उनको त्यो चाहाना भने अधुरो नै रह्यो ।

एकदिन नंदा पढिरहँदा उनकी आमाले छेउमा आएर भनिन् कि, “तिमीले अब कपाल काट्नु पर्छ”। किनकी तिम्रो बुवा चाहनुहुन्छ कि तिमीले उहाँको फिल्ममा केटाको भुमिका निभाउन् । आमाको कुरा सुनेर नंदालाई रिस उठ्यो तर त्यो समय भने उनले आफ्नो रिसलाई काबुमा राखिन ।

सुरुमा त उनले कपाल काट्नलाई सिधै अस्वीकार गरिन तर पछि उनकी आमाले उनलाई सम्झाइँन र उनको बाबुको सपना पुरा हुने भयो । चलचित्रमा काम गर्ने क्रममा उनीले आफ्नो बुवाबाट अपेक्षा गरेको जिम्मेवारी आफ्नो शिरबाट हटि सकेको आभाष गरेकी थिइन ।

त्यसमा पनि उनिहरुको आर्थिक अबस्था कमजोर हुदैँै गएपछि उनको बाबुले बनाउँदै गरेको चलचित्रमा जिम्मेवारी हटिसकेको थियो भने फिल्म पनि अधुरो भएको थियो ।

बिस्तारै–बिस्तारै उनिहरुको घरको स्थिति यतिसम्म खराब भयो कि उनले आफ्नो घर र कार बेच्न विवश हुनुपर्यो । घरको स्थितिका कारण उनीले बालकलाकारका रुपमा फिल्म खेल्न शुरु गरिन् ।

बालकलाकार नंदाले पहिलो पटक स्न १९४८ फिल्म खेलेपछि उनको रंगीन दुनियाको सुरुवात भयो । र उनीले सन् १९५२ जग्गु, स्न १९५४ शंकराचार्य र अंगारे फिल्ममा काम गरिन । स्न १९५६ मा आफ्नो अकंल शान्तारामको फिल्म तुफान और दीयामा आफ्नो उत्कृष्ट प्रस्तुति दिइन ।

त्यो संग उनको चलचित्रको करिअरको सुरुवात भयो । उनले चलचित्र राम लक्ष्मण, लक्ष्मी, दुल्हन, जरा बचके, साक्षी गोपाल, चांद मेरे आजा, पेहेली रात, जैसी बी सी गे्रड वाली जस्ता फिल्ममा काम गरिन । तर पनि उनीलाई सफलता हात परेन ।

सन् १९५९ मा निर्माता एल.बी प्रसादले निमार्ण गरेको फिल्म छोटी बेहनबाट अभिनेत्री नंदा चर्चामा आएको दैनिक भाष्करमा उल्लेख छ । फिल्म छोटी बहनमा दाई र बहिनीबीचको सम्बन्धलाई चित्रण गरिएको छ । यस फिल्ममा बलराम साहनीले दाई र नंदाले बहिनीको भूमिका निभाएका छन् ।

फिल्ममा शैलेन्द्रले लेखेको र लता मंगेश्वरद्धारा गाइएको “भैया मेरे राखी के बंधनको निभाना” बोलको गीत एकदमै चर्चामा रह्यो । यस फिल्मको सफलताबाट नंदाले फिल्मी जगतमै आफ्नो एउटा छुट्टै पहिचान बनाउन सफल भईन् ।

फिल्म छोटी बहनको सफलता पछि नंदालाई राम्रो–राम्रो फिल्मबाट प्रस्ताव आउन थाल्यो । देवानंदको फिल्म काला बजार और हम दोनो, बी.आर. चोपडा को फिल्म शामिल हैं जस्ता चर्चीत फिल्ममा काम गर्ने अबसर जुर्यो । जसमा नंदाले सानो तर महत्वपूर्ण भूमिका निभाएकी थिइन ।

नंदाको २५ मार्च, २०१४ मा हृदयघातबाट ७५ वर्षको उमेरमा निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here