कलाकार विक्रम परियारको हत्यामा संलग्न भएको आरोपमा दुई महिला सहित पाँचजना पक्राउ

तनुहुँ, १ जेठ–  तनहुँको व्यासीमा आइतबारे विक्रम परियारको हत्यामा संलग्न भएको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुईजना महिला पनि छन् ।

उनीहरुलाई आइतबार राति व्यासीकै एक घरबाट लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धान चलिरहेको भन्दै प्रहरीले पक्राउ परेकाको नाम खुलाएको छैन ।

आइतबार मतदान गरेर बजार घुम्न निस्किएका बेला नचिनेका मानिसको समूहले परियारको हत्या भएको थियो । उहाँको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here