कलाकार तथा निर्माता प्रज्ञा जोशी पक्राउ

काठमाडौं,१८ चैत । कलाकार तथा निर्माता प्रज्ञा जोशी ठगी मुद्दामा पक्राउ परेकी छन् । ठगी गरेको आरोपमा उनी आइतबार इटहरीबाट पक्राउ परेकी हुन् । एक जग्गाको कारोबार गर्दा उनले दिएको चेक बाउन्स भएपछि उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा प्रहरीले उनलाई इटहरीबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले उपस्थिती गराउनु भनेकोले पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौ ल्याइदै छ ।
लामो समयदेखि उनी लुकिछिपी इटहरीमा बस्दै आएको बताएको छ । उनलाई सुवर्ण कुमारी श्रेष्ठले आफूलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन् । जोशीले ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’, ‘नोटबुक’, ‘सम्झना’, ‘सपुत’ लगायतका आध दर्जन बढी चलचित्र निर्माण गरेकी छ । भने उनले थुप्रै चलचित्रमा अभिनय गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here