कलंकी–महाराजगन्ज चक्रपथ चीनले विस्तार गरिदिने

काठमाडौं,१० जेठ । चीन सरकारले चक्रपथको कलंकी–महाराजगन्ज ८ लेन विस्तार गरिदिने भएको छ । अब उक्त सडक ६२ मिटर चौडाइ हुनेछ ।  कलंकी–सातदोबाटो–कोटेश्वर खण्ड १० किमि विस्तार गर्दै आएको चीनले पुनः कलंकी महाराजगन्ज विस्तार गर्ने भएको छ ।

चीन सरकारको अनुदान सहयोगमा चक्रपथको निर्माण सुधार विस्तार कार्य हुने काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ । सडकको केन्द्रबिन्दुबाट दायाँ बायाँ ३१र३१ मिटरभित्र रहेका स्थायी वा अस्थायी संरचना तत्काल हटाउन अनुरोधसमेत गरेको छ । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here