कलंकीमा बसको ठक्करबाट एकको मृत्यु

काठमाडौं,२४ साउन– काठमाडौंको कलंकीमा बसको ठक्करबाट आज बिहान एकजनाको मृत्यु भएको छ । बिहान साढे ६ बजे ना ४ ख २७१३ नम्बरको बसले बा ६३ प ३५३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अभिषेक घिमिरेको मृत्यु भएको हो ।

नुवाकोटक बेलकोट–६ का घिमिरे कलंकी बस्दै आएका थिए । बसको ठक्करबाट गम्भीर घाइते भएका घिमिरेको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here