कर छलीको आरोपमा टुटललाई साढे ३ करोड जरिवानाको तयारी, पठाओमाथि छानविन

काठमाडौं,५ बैशाख । राइड सेयरिङ’ सेवा दिने कम्पनी टुटलले ३ करोड ४० लाख रुपैयाँ कर दिर्नुपर्ने भएको छ। आन्तरिक राजश्व कार्यालय ललितपुरले करिब तीन महिना फाइल अध्ययन गरी कर छलीको निष्कर्ष निकाल्दै कम्पनीमाथि कर निर्धारण गरेको हो।

यो रकम जरिबाना र ब्याजसहितको हो। ‘तीन आर्थिक वर्षको मूल्य अभिवृद्धि कर (भ्याट), संस्थागत आयकर र राइडरलाई दिने रकमको अग्रिम करकट्टी शीर्षकमा कर निर्धारण गरिएको हो,’ राजस्व श्रोतले भन्यो, ‘सबैभन्दा बढी भ्याट शीर्षकमा कर निर्धारण भएको छ।

साढे दुई वर्षअघि सुरु टुटलले दुईपांग्रे सवारी चालक र उपभोक्ताबीच सध्यस्ता गरी सेबा दिन्छ। बाइकमा कुनै गन्तव्यमा पुग्न चाहनेले टुटल एपमार्फट उपत्यकामा यात्रा सुविधा लिन सक्छन्। टुटलमा अहिले १० हजार बढी दुईपांग्रे सवारी तथा चालक दर्ता छन्।

टुटलपछि बंगलादेशी कम्पनी पठाओले पनि एक वर्षअघि नेपालमा यस्तै सेवा सुरु गरेको छ। पठाओले पनि कर छली गरेको आशंकामा कर दर्ता कार्यालयले छानविन गरिरहेको छ। आजको कान्तिपुर दैनिकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here