“कर्मचारी समायोजना अध्यादेश–२०७५” बहुमतले स्वीकृत, काँग्रेसको केहि लागेन ! गगनले सुचना जारी गरे

काठमाडौं,१७ पुस । प्रतिनिधी सभाको आजको बैठकले “कर्मचारी समायोजन अध्यादेश–२०७५” बहुमतले स्वीकृत गरेको छ । बैठकले “कर्मचारी समायोजना अध्यादेश–२०७५” बहुमतले स्वीकृत गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सभामा पेश गर्नुभएको अध्यादेशलाई प्रतिनिधिसभाका बहुमत सदस्यले स्वीकृत गरेका थिए ।
प्रतिपक्षदल काँग्रेसका सांसद गगनकुमार थापाले भने अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नुभएको थियो । बैठकमा सांसद थापाले विधिशास्त्रीय ढङ्गले “कर्मचारी समायोजन अध्यादेश–२०७५” सङ्घीयता विपरीत भएकाले सूचना फिर्ता नलिने जानकारी गराउनुभएको थियो । त्यसैगरी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले “कर्मचारी समायोजन अध्यादेश–२०७५” लोकतान्त्रिक प्रक्रियासँग जोडिएर आएकाले कुनै शङ्का नगर्न संसदलाई आग्रह गर्नुभयो ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘पारमाणविक विधेयक, २०७५’ प्रस्तुत गर्नुभयो । विधेयक प्रस्तुत गर्नुहुँदै मन्त्री पोखरेलले सरकारले अन्तर्रा्ष्ट्रियरूपमा गरेका प्रतिबद्धता कार्यान्वयन गरी विकसित प्रविधिका माध्यमबाट समृद्धिको लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताउनुभयो ।
विधेयकमाथि विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्नुहुँदै सांसद प्रेम सुवालले कम्पनी र व्यक्ति विशेषलाई हतियार उत्पादन गर्न दिन नहुने बताउनुभएको थियो । सांसद सुवालको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here