कर्मचारी समायोजनविरुद्ध किन आन्दोलन गरे सरकारी चिकित्सकले ?(चिकित्सक संघका अध्यक्ष डा.पाण्डेसँगको कुराकानी)

काठमाडौँ,२५पुस । कर्मचारी समायोजनमा आफूहरूलाई विभेद गरिएको भन्दै सरकारी चिकित्सकहरूले आज पनि देशभरका सरकारी अस्पतालहरुमा एक घन्टा काम बहिष्कार गरे । कर्मचारी समायोजमा सरकारी चिकित्सकहरुलाई उपेक्षा गरेको भन्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरुले आइतबार एक घण्टा मन्त्रालय घेराउ गरेका थिए भने स्वास्थ्यमन्त्रीसँग पनि छलफल गरेका थिए ।

तर मन्त्रीसंगको छलफलमा खास्सै अपेक्षाकृत निकास नआएपछि पुनः आन्दोलनमा फर्किएका सरकारी डाक्टरहरुको संगठन सरकारी चिकित्सक संघका अध्यक्ष डा.दिपेन्द्र पाण्डेसँग खबरैखबरले गरेको कुराकानीको सारसंक्षेपः

सरकारले भर्खरै मात्र जारी गरेको कर्मचारी समायोजन अध्यादेश २०७५ मा तँपाईहरु सरकारी डाक्टरलाई चित्त नबुझेको कुरा चाहिँ के ?

यो समायोजन सरकारी डाक्टरहरुलाई मात्र होइन । यो समायोजन अधिकांश कर्मचारीलाई चित्त बुझेको छैन । यसमा विभेदकारी केही कुरा छन् । जस्तो प्रमुख कुरा चाहिँ निजामती प्रशासनका कर्मचारीलाई एक तह वृद्धि दिने कुरा आएको छ भने हामि प्राविधिक कर्मचारी, चिकित्सक पनी प्राविधिक कर्मचारी हौं । हामिलाई चाहि एक तह वृद्धि नगर्ने कुरा आयो । म तँपाईलाई बुझाउन खोज्दा तँपाईकै खबरैखबरमा काम गर्ने एउटा शाखाका कर्मचारीलाई प्रमोशन गरिदिने अर्को शाखाका कर्मचारीलाई प्रमोशन नगरिदिने भनियो भने यो विभेदकारी हुन्छ कि हुँदैन ? तँपाईले नै यसमा आवाज उठाउनु हुन्थ्यो कि हुन्थेन ? यो समायोजन प्रक्रियामा मुख्य असन्तुष्टि यही हो ।

अरु पनि छ, अरु के छ भने समायोजन प्रक्रियामा हामी त जादैछौं तर जुन प्रादेशिक निजामती सेवा ऐन बनेको छैन । हामी समायोजन भएर गएपछि हाम्रो बढुवा के हुने ? सरुवा के हुने ? वृद्धि विकास के हुने ? त्यस्तो कुरा केही पनि खुलेको छैन । ऐन कानुन केही बनेको छैन । हतार किन ? पहिला नियम कानुन बनाउ । हामी पनि नियम कानुन अनुसार काम गर्न जाने । त्यो नियम कानुन बनाएर गर्ने कुरा हो । अर्को कुरा हाम्रो स्वेच्छिक हुनुपर्छ भन्ने हो । किनभने हाम्रो सबै काम गर्दा शुरुमा स्वास्थ्य सेवाको ऐनबाट काम गर्न आएका हौं । तर अहिले आएर बाध्यकारी रुपमा तिमीहरु प्रदेशमा समायोजन भएर जान पर्छ……भन्ने दबाब आयो

तँपाई खबरैखबरमा काम गर्न आउनुभयो । यहीँ जागिर खान्छु भनेर आउनु भयो,खानुभयो । अब तँपाईलाई तँपाईको मेनले तँपाई स्थानिय ठाउँमा जा जानैपर्छ, फर्म भर..बाध्यात्मक स्थिती भयो भने तँपाईको असन्तुष्टि हुने कि नहुने ? हाम्रो असन्तुष्टि पनि समायोजन प्रक्रियामा यहि हो ।

विभिन्न कारणले यो चिकित्सा क्षेत्र कुनै न कुनै बेला प्रभावित हुने गर्छ । यो भन्दा अगाडिका दिनहरुमा पनि चिकित्सा क्षेत्र विभिन्न कारणले प्रभावित भएकै हो । अब तँपाईहरु सरकारी डा.सरकारी चिकित्सक संघ तँपाईहरुसँग छ । तँपाईहरुको प्रतिनिधि,तँपाई स्वयं यसको अध्यक्ष पनि हुनुहुन्छ । तँपाईहरु चाँहि टेबलमा बसेर यो विषयमा छलफल गर्न सक्नुहुन्छ नि ? आन्दोलन नै हो त तँपाईहरुको माग पुरा हुने विकल्प ! अरु छैन ?

केही तँपाईले भनेको कुरा हामीले सोचेनौ होला ? हामिले वार्ता सहमतीबाट हुन पर्छ भनेको अहिले हैन । पहिले देखि हामीले वार्ता र सहमतीको प्रयास गर्यौ । कतिवटा विज्ञप्ती निकाल्यौं सब रद्दीको टोकरीमा फ्याकिन्थ्यो । हामिले मिडियाबाट भन्यौ बुझेन । आर्टिकल लेखेर भन्यौ, मन्त्रालयमा गएर धर्ना दिएर भन्यौ । केही पनि सुनेनन् । मन्त्रीलाई भेट्यौ, मन्त्रीलाई भेट्दा मन्त्री ज्यू पनि सन्तुष्ट देखिनु हुन्न । मलाई पनि समायोजन प्रक्रिया ठिक लागेको छैन अब के गर्ने जस्ता हचुवा कुरा गर्नुहुन्छ । ठोस समाधानतिर कोहि पनि निष्कर्षमा पुग्न चाहनुहुन्न । किन किन ? हामि वार्ता र सहमतीबाट जादा सुन्दिनु हुन्न । तर जब हामिले आन्दोलन गर्छौ ……..हामिले चाहेको वार्ता सहमती हो । एटलिस्ट हामिले हाम्रो माग टेवलमा बसेर भन्न त पाउँ । त्यो पनि भइरहेको छैन् ।

तँपाईहरुले स्वास्थ्य मन्त्रीसँग पनि छलफल गर्नु भयो नी हैन ?

हो हो छलफल गरियो । स्वास्थ्य मन्त्री ज्यूले मलाई पनि चित्त बुझेको छैन । आन्तरिक छलफल गर्छु । आन्तरिक छलफलबाट के हुन्छ ? फेरी एक पटक कुरा गर्छु तँपाइहरुसँग भन्नुभएको छ । तर यतीका दिन सम्म हामिलाई उहाँले वार्तामा बोलाउनु भएको छैन ।

अब तँपाईहरुले आफ्नो माग पुरा गर्न आगामी दिनको आन्दोलनको स्वरुप कस्तो हुन्छ ?

अहिले हामिले सरकारको ध्यानाकर्षण गर्नको लागि सांकेतिक विरोध मात्र गरेका हौं । यो भन्दा कडा खालको कार्यक्रम गर्नै पर्छ । यसैबीचमा स्वास्थ्यसँग सम्बन्धित संघ संगठनको भेला राखेका छौं । त्यो भेलाबाट संयूक्त आन्दोलन गर्ने, यो भन्दा शसक्त आन्दोलन गर्ने निर्णय गछौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here