कर्मचारी समायोजनको विरोधमा आन्दोलन गर्दै सरकारी चिकित्सक

काठमाडौँ,२४पुस । कर्मचारी समायोजनमा आफूहरूलाई विभेद गरिएको भन्दै सरकारी चिकित्सकहरूले आज पनि विरोध प्रदर्शन गरेका छन् । चिकित्सकहरूले देशभरका सरकारी अस्पतालहरुमा एक घन्टा काम बहिष्कार गरेका हुन् ।

कर्मचारी समायोजमा सरकारी चिकित्सकहरुलाई उपेक्षा गरेको भन्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरुले आइतबार एक घण्टा मन्त्रालय घेराउ गरेका थिए । स्वास्थ्यमन्त्रीसँग छलफलमा अपेक्षाकृत निकास नआएपछि आफुहरु झन निरास भएको सरकारी चिकित्सक संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले बताए ।

संघले समायोजनका क्रममा चिकित्सकको सेवा–सुविधा, सुरक्षालगायत विषय स्पष्ट हुनु पर्ने, समायोजन नथाल्न, समायोजन हुँदा स्तरवृद्धि सुनिश्चित गर्न पर्ने, प्रदेशमा समायोजन भएका चिकित्सकलाई निश्चित अवधिपछि केन्द्रमा आउन सक्ने व्यवस्थासहित प्रदेशमा रहँदा वरिष्ठताका आधारमा सचिव हुनु पर्ने लगायतका मागहरु अघि सारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here