कर्मचारीको आन्दोलनका कारण आठ दिनदेखि कामकाज ठप्प

वीरगन्ज,२४ चैत । वीरगन्ज महानगरपालिकामा कर्मचारीको आन्दोलनका कारण आठ दिनदेखि कामकाज ठप्प भएको छ । स्थानीय तह अन्तर्गत कार्यरत पाँच सय ७० कर्मचारी चैत १७ गतेदेखि नै महानगरपालिका कार्यालयका वारुणयन्त्र महाशाखा बाहेक अरु सबै महाशाखा र शाखामा तालाबन्दी गरेर धर्नामा छन् ।
स्थानीय तहका स्थायी कर्मचारीको निजामती सरह वृत्ति विकास र बढुवा हुनुपर्ने, करार र ज्यालादारीमा कार्यरतको रोजगारीको ग्यारेन्टी गर्नुपर्ने, तहगत दरबन्दी लागु गर्नुपर्ने माग आन्दोलनरत कर्मचारीले अघि सारेका छन् ।
महानगरपालिकामा एक सातादेखि तालाबन्दी नै गरेर कर्मचारी आन्दोलनमा रहेका कारण, कार्यालयमा पुग्ने सेवाग्राही दिनहुँ फर्किने गरेका छन् । यसका साथै विकास निर्माणका योजना र कार्यालयका प्रशासनिक कामकाज पनि प्रभावित छ । कर्मचारीको मागको सम्बोधन संघीय कानुनसँग जोडिएको विषय भएकाले महानगरपालिकाले पूरा गर्न नसक्ने मेयर विजय सरावगीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here