‘कर्णाली–रारा पर्यटन वर्ष’उद्घाटन गर्न प्रधानमन्त्री ओली रारामा

मुगु, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओली ताल रारामा पुग्नुभएको छ । नयाँ वर्ष वैशाख १ गते ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ उद्घाटन गर्न प्रधानमन्त्री ओली रारा जानुभएको हो । शनिबार बिहान ८ बजे प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गरी हुम्लाको हिल्सा अवलोकन गरेर ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शनिबार अपराह्न ३ बजे प्रधानमन्त्री ओलीको अध्यक्षतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तेस्रो सिनेट बैठकपनि बस्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here