माघ -११,कोहलपुर,बाँके
कर्णालीबाट अस्थायी या स्थायी रूपमा बाँके बसोबास गरेका सैयौं विद्यार्थी को उपस्थितिले कर्णाली बाँके विद्यार्थी सम्पर्क मञ्चको भेला सम्पन्न गरेको छ।बाँकेमा उच्च शिक्षा अध्ययनरत कर्णाली, बाँके सम्पर्क विद्यार्थी एक हौं भन्ने नाराका साथ रयाली सहित नगर परिक्रमा गरेका थिए। कर्णालीका विद्यार्थी को हक हित का लागि सहयोग गर्ने प्रतिबद्धता सहित सैयौं सचेत विद्यार्थीको भेलाले टोप राज जैसीको अध्यक्षतामा ३५ सदस्य कार्य समिति चयन गरेको छ।जसमा बरिष्ट उपाध्यक्ष राजेश ओली,धर्म शाही, दिपेन्द्र शाही, चरित्र शाही,सचिव लक्ष्मण ‘मानव ‘ सह- सचिव मनोज बुढाथोकी,राजन न्यौपाने,कमल बुढाथोकी, संगीता रोकाया, कोषाध्यक्षमा कल्पना कार्की लगायत सदस्य रहेका छन्।

