काठमाडौं,२१ बैशाख । सूर्खेतमा जारी कर्णाली प्रिमियर लिगको दोस्रो संस्करणको उपाधिका लागि आज नेपाल आर्मीले न्यु होराइन बुटवलसँग प्रतिस्पर्धा गर्दैछ ।
बुटवल कर्णाली–११ लाई ३ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । नेपाल आर्मी सेमिफाइनलमा शसस्त्र प्रहरी बलको एपीएफलाई १ विकेटले पराजित गर्दै प्रतियोगीताको फाईनलमा पुगेको हो ।
त्रिभुवन आर्मी प्रतियोगीताको साविक विजेता पनि हो । शुक्रवार भएको लेखमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले १८ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको थियो । जवाफमा त्रिभुवन आर्मी क्लबले १७ दशमलब ४ ओभरमा ९ विकेट गुमाएर ८७ रनको लक्ष्य भेटाएको थियो ।

